चीनबाट ल्याइएका सबै सुरक्षित : स्वास्थ्य मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट फर्काइएका १७५ जनामा कोरोना भाइरस (कोभिड-१९)को कुनै संक्रमण नभएको जानकारी दिएको छ।

क्वारेन्टाइनमा  राखिएका सबै जनाको नाक र घाँटीको र्‍याल परीक्षण गर्दा कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको मन्त्रालयले स्पष्ट पारेको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा उनीहरूमा कोरोना नेगेटिभ भएको पाइएको हो ।

उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरुको अब १४ दिनपछि फेरी स्वास्थ्य परिक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।