सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै, अझै बढ्ने अनुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार सुन तोलाको ७७ हजार १ सय कायम भएको छ ।

बुधवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

मंगलवार प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा बुधवार ४०० रुपैयाँ बढ्दै प्रतितोला ७७ हजार १०० रुपैयाँ कायम हुँदा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

किन बढ्यो सुनको मूल्य ?

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको साथै अमेरिकी डलरको मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर सुनको मूल्यमा परेको हो ।

यसका साथै सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको बिग्रदो सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

त्यसैगरी, बिगत लामो समयदेखि चलिरहेको अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।

अन्तर्राष्ट्रिय मिडियाहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन् । नेपाली सुनचाँदी व्यवासायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरिरहेको छ।

बुधवार तजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले नै बढ्यो ।

मंगलवार प्रतितोला ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा बुधवार ४०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ८०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

बुधवार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढ्यो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।