कालापानी र लिपुलेकको अवलोकनमा निस्किएका रक्षामन्त्री १५ किलाेमिटर वरैबाट फर्के

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कालापानी र लिपुलेकको अनुगमनमा निस्किएका टोली सीमा क्षेत्र नै नपुगी फर्केको छ। 

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली कालापानीभन्दा करिब १५ किलोमिटर वर रहेको छाम्रुङबाट फर्किएको हो।

मौसमको खराबीका कारण वरैबाट फर्किनुपरेको टोलीका सदस्य एवं सुदूरपश्चिम प्रदेश सांसद गेल्बु बोहराले नेपाल समयलाई जानकारी दिए।उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली कालापानीभन्दा करिब १५ किलोमिटर वर रहेको छाम्रुङबाट फर्किएको हो।

मौसमको खराबीका कारण वरैबाट फर्किनुपरेको टोलीका सदस्य एवं सुदूरपश्चिम प्रदेश सांसद गेल्बु बोहराले नेपाल समयलाई जानकारी दिए।नेपाली सेनाको हेलिकोप्टरबाट सीमा क्षेत्रको अनुगमन गर्ने तयारी भएको थियो, जसका लागि आज बिहान टोली त्यसतर्फ गएको थियो।

तर, मौसमको खराबीका कारण अनुगमन गर्ने भनिएको क्षेत्रमा हेलिकोप्टर ल्याण्ड हुन सक्ने स्थिति नभएर आफूहरु वरैबाट फर्केको बोहराले बताए।

विशिष्ट व्यक्तिहरुले सीमा क्षेत्रको अनुगमन गर्दा दुवै देशका सुरक्षाकर्मीबीच समन्वय हुनुपर्ने मान्यता छ। तर, उक्त अनुगमनका क्रममा भारतीय पक्षसँग छलफल भए–नभएको विषयमा आफूलाई जानकारी नभएको बोहराले बताए।

सीमा अनुगमन गर्न गएको टोलीमा उपप्रधान तथा रक्षा मन्त्री पोखरेल, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधिसभा सदस्य गणेश ठगुन्ना, प्रदेश सांसद मानबहादुर थामी, गेल्बु बोहरा र नेपाली सेनाका अधिकारीहरु थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।