कालापानी र लिपुलेकको निरीक्षणमा निस्किए रक्षामन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त्रिदेशीय (नेपाल, भारत र चीन) को सिमाना कालापानी, लिपुलेकको अनुगमनमा निस्किएका छन् । 

सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत उपप्रधानमन्त्री पोखरेल दार्चुलाको व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन।

मन्त्री पोखरेलसंगै प्रतिनिधिसभाका सांसद् गणेश ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सांसद् मानबहादुर धामी, गेल्बु सिंह बोहोरा, सुरक्षा निकायका अधिकारी सीमाक्षेत्र अनुगमनमा गएको बताईएको छ ।

केही समयअघि नेपालको सिमाना भारतले मिचेको भन्दै विभिन्न प्रकारका विरोधहरु हुँदै आएको छ । सरकारले यो समस्याको समाधान कुटनीतिक पहलबाट गर्ने बताउदै आएको थियो ।

मन्त्री पोखरेल सोमबार नै काठमाडौं फर्किँने कार्यक्रम रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।