नेपाल प्रवेश गर्दै पश्चिमी वायु, कस्तो रहन्छ आगामी तीनदिन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौसम बद्ली भएको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार मौसमी प्रणाली सक्रिय नभए पनि पहाडी क्षेत्रका एक दुई ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । नेपालमा बुधबारदेखि बदली हुने देखिएको छ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले हाल देशका अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको जनाएको हो ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार बुधबार दिउँसो मौसम देशभर सामान्य बदली हुनेछ  ।

देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पनि मौसम तथा वर्षाको सम्भावना दिउँसोको जस्तै रहेको बुलेटिनमा उल्लेख छ।

तीन दिनको मौसम पूर्वानुमान

फागुन ०५ गते

दिउँसोः देशका पूर्वी र मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिः देशका पूर्वी र मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०६ गते

दिउँसोः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०७ गते

दिउँसोः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।