ललितपुरका पूर्व मेयर शाक्यको निधन ! कांग्रेस पार्टीलाई अपुरणीय क्षति: नेता रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका नेता समेत रहेका  बेखारत्न शाक्यको निधन भएको छ।

पूर्वमेयर शाक्यको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

२०४७ सालको राजनितिक परिवर्तनपछि शाक्य २०४९ सालमा ललितपुर उनगरपालिकाको पहिले मेयर बनेका थिए।

आधुनिक ललितुर शहर बनाउन मेयर हुँदा शाक्यले ठूलो भूमिका खेलेका थिए।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शाक्यको निधनको खबरले आफूलाई अत्यन्तै दुःखी बनाएको बताएका छन्।

पौडेलले भनेका छन्, ‘पञ्चायतका कठोर दिनमा नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा उहाँले महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। विकासवादी नेताको निधनले देश र नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति भएको छ ।’

उनले शाक्यका शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।