फेरि बढ्‌यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तोलामा ४०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ ।

गत साता अन्तिम कारोबार दिन सुनको भाउ प्रतितोला छापावाल ७५ हजार ६०० रुपैयाँ र तेजाबी ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो दिन पनि सुन तोलामा ४०० रुपैयाँले बढेको थियो ।

उता चाँदीको भाउमा पनि आइतबार गिरावट आएको छ । आइतबार तोलामा ५ रुपैयाँले घटेर चाँदी प्रतितोला ८८० रुपैयाँ कायम भएको   थियो । गत साता अन्तिम कारोबार दिन शुक्रबार चाँदीको भाउ ८८५ रुपैयाँ रहेको थियो । यो दिन चाँदी तोलामा १० रुपैयाँले बढेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।