वुहानमा रहेका नेपालीको उद्दार चाँडै गर्छौं : परराष्ट्र मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नोवेल कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीलाई फर्काउने तयारी भइरहेको बताएका छन्।

केही दिन यता वुहानमा रहेका नेपालीहरुले आफूहरुको उद्दारका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएका छन् । कोरोना भाइरसको उद्गम मानिएको वुहानमा रहेका नेपालीहरु आफूहरुलाई संक्रमण हुने त्रासमा छन् ।

उनीहरुले यथाशक्य चाँडो नेपाल सरकारले उद्दारका लागि पहल गरोस भन्ने आशा राखेका छन् ।  चीनस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित रहेको जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालालीले बेइजिङ र काठमाडौंमा उहाँहरूलाई फर्काउने तयारी गरिरहेको बताए । उनले त्यहाँ रहेका नेपालीहरुलाई नआत्तिएर सुरक्षा अपनाउन आग्रह गरेका छन् ।

उनले वुहानमा रहेका नेपालीलाई जुनसुकै बेला नेपाल ल्याउने जानकारी चिनियाँ विदेश मन्त्रालयलाई दिइसकेको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।