तोलामा ३०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ ।  साताको  अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तोलामा ३०० रुपैयाँले घटेर सुन प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुनको भाउ एकैपटक तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल ७६ हजार ३०० रुपैयाँ र तेजाबी ७६ हजार रुपैयाँ कायम भएको थियो । बिहीबारको भाउ माघ महिनाकै उच्च पनि हो ।

साताको कारोबारको चौथो दिन बुधबार सुनको भाउ प्रतितोला छापावाल ७५ हजार ६०० रुपैयाँ र तेजाबी ७५ हजार २०० रुपैयाँ रहेको थियो । यो दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले ओरालो लागेको थियो । 

त्यस्तै सोमबार र मंगलबार भने सुनको भाउ प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँमा कारोबार भयो । कारोबारको दोस्रो दिन सोमबार तोलामा एकैपटक ५०० रुपैयाँ बढेको सुनको भाउ मंगलबार भने स्थिर रह्यो । 

साताको कारोबार पहिलो दिन आइतबार भने प्रतितोला छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी ७५ हजार २०० रुपैयाँ रहेको थियो । यो दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो । 

समग्रमा यो साता सुनको भाउ तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।