काँकडभिट्टा नाकाबाट दुई युवतीको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वैदेशिक रोजगारको प्रलोभन देखाइ दलालले भारततर्फ लैजाँदा गरेका दुई युवतीलाई प्रहरीले काँकडभिट्टा नाकाबाट उद्धार गरेको छ।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका(४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए 

सुदीपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया दुई युवतीलाई भारतमा २२ हजारको जागिर लगाई दिने प्रलोभन देखाई लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट पक्राउ गरिएको हो।

युवतीलाई साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका हुन्। उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।