हेनरी क्रिस गेलले इपिएलमा पोखरा राइनोजबाट खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ ।  हेनरी क्रिस गेल चैत १ गते देदि  १५ सम्म सञ्चालन हुने एभरेष्ट प्रिमियर लिग  (ईपीएल) खेल्न काठमाडौं आउने भएका हुन् ।

वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट खेल्ने भएका छन् ।

विहिवार काठमाडौंको सोल्टी होटलमा भएको पत्रकार सम्मेलनमा पोखरा राइनोजले गेल आफ्नो टिमबाट खेल्ने घोषणा गरेको हो ।

इपिएलको तेस्रो सिजन चैतबाट सुरु हुँदैछ। गत सिजन पोखरा राइनोज लिगको पुछारमा रहेको थियो। गेल इपिएलमा खेल्ने चर्चा गत वर्ष पनि चलेको थियो।

वेस्ट इन्डिजको टिममात्रै नभइ इन्डियन प्रिमियर लिग (आइपिएल)  मा आफ्नो बिस्फोटक ब्याटिङबाट गेल निकै चर्चित बनेका थिए।

गेलको नाममा सबभन्दा छिटो शतकको कीर्तिमान छ। टि २० मा सबभन्दा धेरै रन बनाउने खेलाडी र आइपिएलमा एकै इनिङमा धेरै छक्काको कीर्तिमान पनि उनकै नाममा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।