पूर्वमन्त्रीका स्वकीय सचिवको साउनामा निस्सासिएर मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी पूर्वमन्त्री थापाका पीए दम्पती हस्त गर्वुजामगर र नेत्रकुमारी गर्वुजाको ललितपुरको तिखेदेवलस्थित क्लबमा साउनामा निस्सासिएर ज्यान गएको  छ।

बुधवार राति ललितपुरको सातदोवाटोस्थित फिट एण्ड फाइन जिम सेन्टरमा जीम गरेर स्टीम वाथ का लागि कोठामा छिरेका हस्तकुमार गर्वुजामगर र उनकी श्रीमती नेत्रकुमारी पुनको निधन भएको ललितपुर प्रहरीका एसपी दुर्गा सिंहले जानकारी दिए ।

गर्वुजामगर थममाया थापामन्त्री हुदा स्वकीय सचिव थिए ।

साउना लिने क्रममा लामो समयसम्म ननिस्किएपछि खोजखबर हुँदा उनीहरू भित्रै बेहोस भेटिएका थिए । बेहोस अवस्थामा रहेका उनीहरुलाई अस्पताल नपुर्याउँदै मृत्यु भएको एसपी सिंहले जानकारी दिए ।

टनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। प्रहरीका अनुसार अक्सिजन कमीले निस्सासिएर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।