तोलामा ४०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलवार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार ४०० रुपैयाँ घट्दै प्रतितोला ७५ हजार ६ सय रुपैयाँ कायम भएको  कायम भएको हो । 

बुधवार तेजावी सुनको मूल्यमा पनि प्रतितोला ४०० रुपैयाँले नै घट्यो । मंगलवार प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधवार ४०० रुपैयाँ घट्दै प्रतितोला ७५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

बुधवार चाँदीको मूल्य पनि घटयो । मंगलवार प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार २५ रुपैयाँ घट्दै प्रतितोला ८ सय ७० रुपैयाँ कायम भएको महासंघले बताएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।