मकवानपुरमा नेपाल प्रहरीले फिल्मी शैलिमा गाँजा तस्करलाई गोली प्रहार गरी पक्राउ गरेको छ ।
थानाभर्याङमा गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी तीन जना गाँजा तस्करलाई नियन्त्रणमा लिएको ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार पक्राउ परेकाहरुमा एक महिला र दुई पुरुष रहेका छन् ।
पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका अजयमल सवारी, सञ्जीव पासवान र जाहेरा खातुन रहेका छन् । त्यस कारबाट करिब ३० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comment