बैंक नेपाल बैंक लिमिटेडको मूनाफामा गिरावट- नाफा १८ प्रतिशतले घटयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल बैंक लिमिटेडको मूनाफामा गिरावट आएको छ ।  ऋण विस्तारमा आक्रामक हुँदा पनि मुलुककै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको मूनाफामा गिरावट आएको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १८ प्रतिशतले घटेको हो। पछिल्लो तीन महिनाको मात्रै हिसाब गर्दा भने नाफा ३ प्रतिशतले बढेको छ।बैंकले पुससम्म १ अर्ब ३५ करोड नाफा गरेको छ । अघिल्लो पुसमा १ अर्ब ६६ करोड रुपैयाँ नाफा थियो। जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८ दशमलव ६ प्रतिशतले कमी हो ।

बैंकले ६ महिनामा ६ अर्ब ४ करोड ऋण विस्तार गरेको छ। ६ महिनाको कुल ऋण विस्तारमध्ये पछिल्लो तीन महिनाको हिस्सा ५ अर्ब ८० करोड रुपैयाँ छ। बैंकले कुल ९८ अर्ब ४५ करोड रुपैयाँ ऋण विस्तार गरिसकेको छ।

बैंकको ब्याज दर विस्तारै महँगो हुन थालेको छ। स्प्रेडमा केही कमी देखिएपनि आधार दर ६।०६ प्रतिशतबाट बढेर ७।८२ प्रतिशत पुगेको छ। बैंकले खराब ऋणको हिस्सा २।७४ प्रतिशतबाट घटाएर २।६६ प्रतिशतमा ल्याएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।