नवनिर्वाचित सभामुख बिरुद्दको रिटमा आज सुनुवाई हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

शुक्रबार   सापकोटा बिरुद्द वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो।

सोमबारदेखि शुरु भएको बहस नसकिएपछि आज सुनुवाई हुन लागेको हो । सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा आज बहस सकिएर सुनुवाई हुनेछ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीका अनुसार सोमबार दिनभर बहस भए पनि नसकिएकाले आज सुनुवाइ हुनेछ ।

सभामुखको हैसियतमा सापकोटालाई काम नगर्नरनगराउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा गत शुक्रबार रिट हालेका हुन ।

 सभामुख सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । उनीविरुद्ध काभ्रे प्रहरीमा समेत उजुरी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।