सुन प्रतितोला ७६ हजारमा कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अघिल्लो दिनको तुलनामा सोमवार पनि सुनको मूल्य प्रतितोला प्रतितोला ५००  रुपैयाँले वृद्धि भएको छ।

आइतवार प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढ्यो ।

आइतवार प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार ७०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

सोमवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्यो ।

आइतवार प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा सोमवार ५ रुपैयाँ बढ्दै प्रतितोला ९०० रुपैयाँ कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।