धनुषामा २१ तोला अबैद सुनसहित एक युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया का २३ वर्षीय दीपक महतोलाई  २१ तोला सुनसहित सशस्त्र हरीले आइतबार राति पक्राउ गरेको छ ।    

१६ लाख २४ हजार ६ सय ६ रुपैयाँ बराबरको स्रोत नखुलेको परिमाणको सुन बा १२ प ५०७६ नम्बरको कारमा राखि नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा युवक महतो पक्राउ परेका सशस्त्र प्रहरी बीओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताए ।

प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले मटिहानी नगरपालिका ८ को सडकबाट आइतबार राति जाँच गर्दा युवक महतो सुनसहित पक्राउ परेका हुन् ।

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारबाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मुल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।