आज सभामुख बिरुद्द सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाई हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधितिनिधि  सभामुख पदमा चयन भएका   नेता  अग्नि सापकोटा बिरुद्द सर्वोच्च  अदालतमा दायर भएको रिटको सुनुवाई आज (सोमबार)का लागि- पेसी तोकिएको छ।

शुक्रबार   सापकोटा बिरुद्द वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो।  

न्यायाधीश फुँयालको एकल इजलासमा सापकोटा बिरुद्द आइतबार पेसी तोकिएको थियो तर सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले हिजो (आइतबार) मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो।

प्रतिनिधिसभाले आइतबार सभामुखको निर्वाचन प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्वाचित गरिसकेको भए पनि सो रिट निवेदनको सुनुवाइ भने सोमबारका लागि तय भएको छ।

सापकोटा काभ्रेका अर्जुन लामाको अपहरण तथा हत्याका आरोपी हुन्। २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामालाई अपहरण गरेर हत्या गरेको उनीमाथि आरोप छ।

यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। मुद्दाको पेसी भने यही माघ २२ गतेका लागि तोकिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।