प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा अनुमोदित भएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखका लागि सापकोटाको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध रुपमा सभामुख भएको घोषणा गरेका हुन्।

त्यसअघि सभामुखका प्रस्ताव, समर्थक तथा प्रतिपक्षी दलका सांसदले बोलेका थिए। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा  गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसपछि प्रस्तावक देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ १४ गते बस्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।