उकालो लाग्दै सुनचाँदीकै मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो पाँच दिनमा सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको छ।

गत बुधबार प्रतितोला ७४ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन निरन्तर बढ्दै आइतबार ७५ हजार पाँच सय रूपैयाँ पुगेको छ।

महासंघका अनुसार बिहीबार प्रतितोला ७५ हजार रूपैयाँ कायम भएको छापावाल सुन शुक्रबार ७५ हजार दुई सयमा किनबेच भएको थियो।आइतवार छापावाल सुन प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार २ सय रहेको कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ७४ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढ्यो । आइतवार चाँदीको मूल्य प्रतितोला ८ सय ९५ रुपियाँमा कारोबार भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।