सुविधामा चरम विभेद गरिएको भन्दै २५ पाइलटले दिए राजिनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

व्यवस्थापनका कारण निगम धराशायी भएको र विदेशी  तथा नेपाली पाइलटबीच सेवा र सुविधामा चरम विभेद गरिएको भन्दै नेपाल वायु सेवा निगमका २५ पाइलटले सामुहिक राजिनामा दिएका छन् ।

बाइडबडीका तीन र न्यारो बडीका २२ पाइलटसहिथ २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामुहिक राजिनामा बुझाएका हुन् । राजीनामा दिने ती सबै स्थायी पाइलट हुन् । राजिनामा बुझाउने मध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को पाइलट हुन् ।

यी हुन् राजिनामा दिने पाइलट

राजीनामा दिने पाइलटमा अरबिन पहाडी, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराई रहेका छन् ।

नेपाल वायु सेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक यतिधेरै पाइलटले राजिनामा दिएका हुन् ।  राजीनामा स्वीकृत गर्न तीन महिनाको म्याद रहेको छ भने स्वीकृत भएमा अन्तराष्ट्रिय उडाननै ठप्प हुने बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।