सांसद गुरुङ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशका सांसद राजीव गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको छ। एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले दिएको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो।

दीपक मनाङे भनेर चिनिने सांसद गुरुङलाई पोखराको लेकसाइडस्थित एक होटलबाट नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ। आजमात्रै उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

पोखरामा आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटन कार्यक्रममा मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए। गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर मनाङेविरुद्ध किटानी जाहेरी दिएका थिए।

पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी निवेदन दिएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।