कोरोना भाइरसको संक्रमण – चीनमा सार्वजनिक यातायात बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनमा देखिएको नयाँ भाइरस ९कोरोनाभाइरस०  प्रभावित सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा सार्वजनिक यातायात बन्द गरिएको छ । 

गत डिसेम्बरमा बुहानबाट देखिएको कोरोना भाइरसको संक्रमण चीनका अन्य स्थानमा समेत फैलिएपछि रोकथामको प्रयत्नस्वरुप अस्थायी रुपमा सार्वजनिक यातायात बन्द गरिएका चिनियाँ अधिकारीहरुले जनाएका छन ।त्यहाँ बसोबास गर्ने १ करोड १० लाख भन्दा बढी मानिस प्रभावित भएका छन ।

अस्थायीरुपमा सार्वजनिक यातायात बन्द हुँदा मानिसहरुको आवातजावात रोकिने र संक्रमण पनि फैलन कम हुने दावी गरिएको छ । कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ भने ५ सय भन्दा बढी संक्रमित भएको बताइएको छ ।स्वासप्रस्वासमा समस्या हुने तथा उच्च ज्वरो आउनेसहितका लक्ष्यण देखिदै मानिसको मृत्यु नै हुन थालेपछि कोरोनाकाबिरुद्ध संसारभर सतर्कता अपनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।