प्रतिनिधिसभाको सभामुखमा अग्‍नि सापकोटा निर्विरोध-औपचारिक घोषणा माघ १२ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरे सगै सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन हुने भएका छन्। 

सांसद सापकोटाले नेकपाका सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र ओनसरी घर्ती, देव गुरुङ तथा राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मेदवारी दर्ता गराएका थिए।

असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। गएको आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।

यसको औपचारिक घोषणा भने यही माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने संसद सचिवालयले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।