बेहोस अवस्थामा भेटिएका भारतीय मृतक पर्यटक सबैको खुल्यो पहिचान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुरको सिमभञ्ज्याङस्थित होटलमा बेहोस अवस्थामा भेटिएका भारतीय नागरिक मृतकहरु सबैको पहिचान खुलेको छ। मृत्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रन्जित कप‚ ३४ वर्षीया इन्द्र‚ ३७ वर्षीय प्रविण‚ ३२ वर्षीया सरिया‚ ५ वर्षीय अभि‚ ७ वर्षीया चर्चना‚ ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्र रहेको प्रहरीले जनाएको छ।

होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। प्रहरीका अनु्सार उनीहरु सोमबार राति ९ बजे होटलमा आएका थिए। भारत केरालाका उनीहरु पोखराबाट दामन बा ३ क ३६८८ नम्बरको बस १५ जनाको समूहमा आएका थिए। उनीहरुले चारवटा रुम बुक गरेको प्रहरीले जनाएको छ।

जसमध्ये मृतकहरु रहेको एउटा रुपमा हिटर बाली सुतेकोमा पाइएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।