चीनका शहरहरुमा बढ्यो कोरोना भाइरसको प्रकोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनमा कोरोना भाइरसको प्रकोप बढेको छ । भाइरसको संक्रमण बेइजिङ, सेन्जेन, क्वाङडोङ लगायतका स्थानमा पनि फैलिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।

 भाइरसबाट प्रभावित हुने मानिसको संख्या २ सय पुगिसकेको छ भने अहिलेसम्म श्वासप्रश्वाससम्बन्धी समस्याबाट ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । न्यूमोनियाको जस्तो लक्षण देखाउने यो एक प्रकारको कोरोनाभाइरस संक्रमणका कारण अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको र १३ जनाको अवस्था गम्भीर रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन्। यसको  संक्रमण एक महिनाअघि वुहान शहरमा देखिएको थियो ।

अहिलेसम्म करिब २२५ जनामा संक्रमण देखिएको अधिकारीहरुले बताए पनि संक्रमितहरुको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ। चीनको राष्ट्रिय स्वास्थ्य निकायले उक्त भाइरसलाई अझै पनि रोकथाम र नियन्त्रण गर्न सकिने अवस्थामा रहेको जनाएको छ। यद्यपि, भाइरसको स्रोत, फैलने प्रक्रिया र डीएनएमा देखिएका परिवर्तन विधि अझै अस्पष्ट रहेको बताइएको छ।

विश्व स्वास्थ्य संगठनले उक्त भाइरस जनावरबाट मानिसमा सरेको हुनसक्ने उल्लेख गरेको छ। भाइरस संक्रमित व्यक्तिमा ज्वरो आउने, श्वासप्रश्वाससम्बन्धी समस्या देखिने, खोकी लाग्ने र निमोनियाको संक्रमण हुने जस्ता लक्षण देखिने चिकित्सकहरुले बताएका छन् । समयमै उपचार नभए विभिन्न अंगमा असर पर्ने र मृगौलामा समेत समस्या देखिने तथा ज्यानै जान सक्ने खतरा देखिन्छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।