काठमाडौं । नेपालका विभिन्न बैंकबाट पाँच अर्ब रुपैयाँ ह्याक गरी विदेश
लैजाने योजना बनाएको गिरोहका सदस्य पक्राउ परेका छन् । मपक्राउ परेका
गिरोहलाई नेपालले बुधवार पक्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । हानगरीय
प्रहरी अपराध महाशाखाले प्रारम्भिक अध्ययनबाट कृषि विकास बैंकबाट ४ करोड
७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरिएको भेटिएको जनाएको छ। यसैगरी पानस रेमिट,
नयाँ बानेश्वरबाट १२ लाख ह्याक भएको छ।
रकम लुट्ने व्यक्तिहरुले
१५ देखि ३५ प्रतिशतसम्म रकम कमिसन दिई हुण्डीमार्फत भारत पठाउने गरेको
प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा नुवाकोट मेघाङका ४३ वर्षिय लावाङ
तामाङ, रसुवा नौकुण्डकी ४० वर्षिय लक्ष्मी लामा तामाङ, काठमाडौं
तार्केश्वरका २६ वर्षिय संजय घले, रसुवा नौकुण्डकी २० वर्षिय निर्मला
तामाङ, रसुवा नौकुण्डकी १८ वर्षिय निमा तामाङ, सर्लाही हरिवनका ४२ वर्षिय
पुष्पराज खड्का रहेका छन् । पिटरले नेपालका एजेन्टहरुलाई नविल बैंक, कृषि
विकास बैंक लगायतका बैंकहरुमा चल्ती खाता खोल्न लगाई ह्याक गर्दै आएका थिए
।
यो लुटका मुख्य मास्टरमाइण्ड पिटर हुन् जलाई काले
भनेर चिनिन्थ्यो । उनी मुम्बइमा बसेर नेपालमा विभिन्न व्यक्तिहरुलाई
परिचालन गरी रकम लुटिरहेका थिए । कालेले विभिन्न नेपालीहरुलाई प्रयोग गरी
कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका
विभिन्न संस्थाहरुमा सिस्टम ह्याकिङ गरी रकम निकाली रहेको अवस्थामा
प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, कृषि विकास बैंकबाट
हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको छ । पानस रेमिट नयाँ बानेश्वरबाट
१२ लाख ह्याक भएको छ । पिटरले मुम्बइमा बसी नेपालका मानिसहरुसँग सम्पर्क
गरेको भेटिएको छ । उनले भारतमा उनीहरुलाई बोलाइ मिटिङ गर्ने र कमिसन डिल
गर्ने गरेको भेटिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको ह्याक गरेको
रकम विभिन्न नेपाली ब्यक्तिहरुको नाममा निकाली १५ देनखि ३५ प्रतिशतसम्म
कमिसन दिइ हुन्डिमार्फत बाँकी पैसा भारत लैजाने गरेको फेला परेको छ ।
प्रहरीले
लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, संजय घले, निर्मला तामाङ, निमा तामाङ,
पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ,
शुवन्धर पन्जा, बिजय साह, चन्द्रबहादुर वुढालाई पक्राउ गरेको छ ।
उनीहरुबाट ४० लाख ५० हजार बरामद भएको छ ।
राष्ट्र बैंकले लुटमा
बैंककै कर्मचारीहरुको संलग्नता भएको पुष्टि गरेको छ । राष्ट्र बैंकका
अनुसार तीन जना कर्मचारीले कृषि विकास बैंकको आफ्नो युजर प्रयोग गरेर
विभिन्न खातामा पैसा ट्रान्सफर गरेका थिए । त्यसमध्ये २ करोड हाराहारी
ट्रान्सफर गरिएका खातावालाहरुले झिकिसकेका छन् ।
Comment