आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित आँखा चिकित्सक डा.सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार वितरण गरेकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले तिलगंगा आँखा अस्पतालका निर्देशक एवं संस्थापकसमेत रहेका डा.रुइतलाई नगद पाँच लाखसहित प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले रदी मियाँलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग पुरस्कार र विकल्प ढुंगानालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग पुरस्कार प्रदान गरेकी थिइन् । राष्ट्रिय प्रतिभा अनुदान सहयोगको राशि जनही दुई लाख ५० हजार रुपैयाँ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।