काठमाडौं । अखिल भारतिय सन्त समाजको तर्फवाट त्रिदण्ड प्रदान सहित जगदगुरु पद विधारण गर्नुभएका अनन्त श्री विभूषित जगद्गुरु रामानन्दचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबा अभिनन्दित हुनु भएको छ ।
विराटनगरको लक्ष्मीनारायण मन्दिर पाञ्चालीमा भएको एक विशेष कार्यक्रममा श्री बैष्णव आचार्य परिषद नेपालको साथै विभिन्न स्थानका पिठाधिस सम्मिलित आचार्यहरुले महायोगी सिद्धबाबालाई अभिनन्दन गरेको हो ।
धर्म , संस्कार, संस्कृती, राष्ट्र, राष्ट्रियताको जगेर्नाको साथै धर्म र संस्कृतिको रक्षार्थ धार्मिक तथा आर्युवेदको विज्ञ समेत रहनुभएका श्रीरामकृष्णाचार्यलाई धार्मिक उत्थान र सेवाभावको काम गरेको भन्दै सम्मान गरिएको परिषदले जनाएको छ ।
श्री १००८ केशव आचार्य स्वामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लक्ष्मीनारायण मन्दिर पञ्चालीका पिठाधिस अच्युत प्रपन्चाचार्य , लक्ष्मीनारायण मन्दिर पिपलचोकका पिठाधिस आचार्य रामानुज नेपाल ,माइधार भागवत आचार्य स्वामी ,गोविन्द आचार्य स्वामी लगायतको सहभागिता रहेको थियो । यस्तै पान्चाली मन्दिरमा प्रदेश नं १ स्तरिय बराह क्षेत्रीय आचार्य परिषदको तीन दिने विचार गोष्ठि समेत शुभारम्भ भएको छ ।
Comment